रौतहटका तीन ठेक्का तोडियो

रौतहट : रौतहटस्थित सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले लामो समयदेखि निर्माण अलपत्र पारेका तीनवटा ठेक्का सम्झौता अन्त्य गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौताका सर्तअनुसार सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

सम्झौता अन्त्य गरिएका योजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमहाखोला र लौकाहा खोलामा निर्माणाधीन दुई पुल तथा महेन्द्र राजमार्गको धन्सार–बागमती खण्डको सडक स्तरोन्नति रहेका छन् ।

बिज्ञापन

दुवै पुल निर्माणको ठेक्का पप्पु–शिवशंकर जेभी र सडक स्तरोन्नतिको ठेक्का विशाल निर्माण सेवाले पाएको थियो । निर्माण कार्यमा ढिलाइ र लापरबाही भएको भन्दै कार्यालयले सम्झौता अन्त्य गरेको हो ।

कार्यालयले निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी सरकारी रकम असुल गर्ने र आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा राख्ने कारबाही अघि बढाइने जनाएको छ । साथै, १५ दिनभित्र कार्यालयमा उपस्थित भई निर्माण कार्यको नापजाँच गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

रौतहटका तीन ठेक्का तोडियो

सञ्चालनमा आयो मोरङको केरौन १३२ केभी सबस्टेसन

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो