चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

काठमाडौं : हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ ।

बिज्ञापन

एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।

बिज्ञापन

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्रले दुई पुस्ताबीचको सम्बन्ध र वैचारिक भिन्नताको कथा प्रस्तुत गर्नेछ। चलचित्रमा करिश्मा मानन्धर, कमलमणि नेपाल, अभय बराल, कुमार कट्टेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलको कथामा निर्माण भएको चलचित्रको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

रौतहटका तीन ठेक्का तोडियो

सञ्चालनमा आयो मोरङको केरौन १३२ केभी सबस्टेसन

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो