राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं : राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएका छन् ।

बिज्ञापन

सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताएका छन् ।

बिज्ञापन

यसैगरी, कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । साउनमा ८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति एक महिनामा ७ प्रतिशतले बढेको हो । वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका छवटा बोलपत्र आह्वान गरिसकेको छ ।

रानी जमरा कुलरिया आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।

बिज्ञापन

सुनकोशी मरिन डाइभर्सन आयोजनाले पनि पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

रौतहटका तीन ठेक्का तोडियो

सञ्चालनमा आयो मोरङको केरौन १३२ केभी सबस्टेसन

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो