पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ ।

बिज्ञापन

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो ।

बिज्ञापन

कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संविधान र कानुनभन्दा माथि रहेर शासन सञ्चालन गर्न नपाइने बताइन् । उनले पत्रकारमाथि समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताइन् ।

कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, विवादित सरकारी गतिविधिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक प्रचण्ड

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु