उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु

काठमाडाैँ : उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।

बिज्ञापन

उखुको उचित मूल्य निर्धारण र किसानले समयमै भुक्तानी पाउने व्यवस्था सुनिश्चित गर्न किसान प्रतिनिधि र चिनी उद्योगीबीच छलफल अघि बढेको हो।

बिज्ञापन

उखुको मूल्य समयमै निर्धारण हुन नसक्दा अन्योलमा परेका उखु किसानहरू आफ्ना मागसहित राजधानी काठमाडौं आइपुगेका छन्। उनीहरूले उखुको उत्पादन लागत, श्रम, मलखाद, सिँचाइ तथा ढुवानी खर्चलाई आधार मानेर किसानलाई न्यायोचित मूल्य उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जारी वार्तामा उखु किसानका प्रतिनिधि, चिनी उद्योगी तथा सम्बन्धित सरकारी अधिकारीहरू सहभागी छन्। छलफलमा चालु क्रसिङ सिजनका लागि उखुको खरिद मूल्य निर्धारण, किसानले पाउनुपर्ने भुक्तानी र उखु खेतीलाई दिगो बनाउने विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल भ्रमणमा आउदै

कर्णाली याक्समाथि काठमाडौँको शानदार जित

नेप्सेमा ३२.६५ अंकको गिरावट, ६ अर्ब १८ करोडको कारोबार

सरकारका गतिविधिले लोकतन्त्र र संविधान कमजोर बनाउँदै लगेको महासचिव पोखरेलको आरोप

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० बनाउन माग

उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु