काठमाडौं : नेपाली कांग्रेसले सभापति गगन थापा नेतृत्वमा १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण बुझाएका हुन् ।
बिज्ञापन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा पुष्पा भुसाल महिला उपसभापति, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका थिए ।
बिज्ञापन
त्यसैगरी प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कात्तिक १३ गते शपथ ग्रहण गरी पार्टीको जिम्मेवारी सम्हालेका थिए ।
निर्वाचन आयोगमा विवरण बुझाएसँगै कांग्रेसको नयाँ नेतृत्वको विवरण आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ ।















