चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बिज्ञापन

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ४३ रन बनाए भने इशान पाण्डेले २५, शेरफान रुदरफोर्डले अविजित २१ र आरिफ सेखले २० रन बनाएका थिए । त्यस्तै चितवनका बलर रञ्‍जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

चितवनका लागि रवि भोपाराले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले १५-१५ रन तथा विवेक यादवले १७ रन बनाएका थिए । त्यसैगरी सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए भने हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

यो जितपछि सुदूरपश्चिमको ४ खेलमा ४ अंक भएको छ भने चितवनको ३ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए