राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

काठमाडौं : कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कपका लागि भारतले आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । भारतीय छनोट समितिले तिलक वर्माको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

बिज्ञापन

तिलक वर्माको कप्तानीमा घोषित टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, कुमार कुशाग्र, सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राना, प्रिन्स यादव र अर्शद खान रहेका छन् । रजत पाटीदार उपकप्तान तथा प्रभसिमरन सिंह र कुमार कुशाग्र विकेटकिपर रहेका छन् ।

बिज्ञापन

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत ‘ए’ समूह ‘बी’ मा नेपाल, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्ससँगै रहेको छ । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

भारत ‘ए’ ले नोभेम्बर २० मा नेपालसँग पहिलो खेल खेल्नेछ । त्यसपछि नोभेम्बर २२ मा पाकिस्तान ‘ए’ र नोभेम्बर २४ मा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बिज्ञापन

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल नोभेम्बर २६ र २७ मा तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

बलिवुड अभिनेता इमरान खानले अदालतमा मागे माफी

मालपोतका नासुविरुद्ध करिब ९ करोड ७३ लाखको भ्रष्टाचार मुद्दा

राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

विपदबारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

संघीय संसदका दुई समितिको बैठक बस्दै