अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

काठमाडौं : सन् २०२६ को अक्टोबर महिनामा नेपालमा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको अक्टोबरको तुलनामा पर्यटक आगमन ५०.५ प्रतिशतले बढेको छ ।

बिज्ञापन

अक्टोबरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकबाट २४ हजार ५३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १८.११ प्रतिशत हो । सार्क मुलुकमध्ये भारतबाट १२ हजार ९७, श्रीलङ्काबाट ५ हजार ५६०, बङ्गलादेशबाट ४ हजार ८९३, भुटानबाट १ हजार १०४, पाकिस्तानबाट ३५३, माल्दिभ्सबाट ४६ र अफगानिस्तानबाट ७ जना पर्यटक आएका छन् ।

बिज्ञापन

क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक युरोपबाट आएका छन् । युरोपबाट ३९ हजार ८७७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट २७ हजार ४०, अमेरिकी महादेशबाट २१ हजार २७०, ओसियानियाबाट १० हजार १४३, मध्यपूर्वबाट २ हजार ३३५ र अफ्रिकाबाट ४२१ जना पर्यटक आएका छन् । अन्य क्षेत्रबाट ७ हजार ६७५ जना पर्यटक भित्रिएका छन् ।

कुल पर्यटक आगमनमा युरोपको हिस्सा ३०.०२ प्रतिशत, अन्य एसियाली मुलुकको २०.३६ प्रतिशत, सार्क क्षेत्रको १८.११ प्रतिशत र अमेरिकी महादेशको १६.०१ प्रतिशत रहेको छ।

बिज्ञापन

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने नेपालमा कुल १० लाख ८ हजार ६१६ जना विदेशी पर्यटक भित्रिएका छन् । यस अवधिमा सार्क मुलुकबाट मात्रै २ लाख ५५ हजार ४३६ जना पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

बलिवुड अभिनेता इमरान खानले अदालतमा मागे माफी

मालपोतका नासुविरुद्ध करिब ९ करोड ७३ लाखको भ्रष्टाचार मुद्दा

राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

विपदबारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

संघीय संसदका दुई समितिको बैठक बस्दै