अफगानिस्तानको एकदिवसीय क्रिकेटमा ठूलो उपलब्धि, आइसीसी वरियतामा छैठौं स्थानमा उक्लियो

काठमाडौं : अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो पुरुष एकदिवसीय टोली वरीयतामा अफगानिस्तान छैटौँ स्थानमा उक्लिएको छ । श्रीलंकालाई पछि पार्दै अफगानिस्तान पहिलो पटक शीर्ष ६ मा प्रवेश गरेको हो ।

बिज्ञापन

२ नोभेम्बर २०२६ मा अद्यावधिक वरीयताअनुसार भारत ११५ रेटिङसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड १०९ रेटिङसहित दोस्रो, दक्षिण अफ्रिका र पाकिस्तान समान १०४ रेटिङसहित क्रमशः तेस्रो र चौथो तथा अस्ट्रेलिया १०२ रेटिङसहित पाँचौँ स्थानमा छन् । अफगानिस्तान ९४ रेटिङसहित छैटौँ स्थानमा रहँदा समान ९४ रेटिङ भए पनि श्रीलंका सातौँ स्थानमा छ । त्यसपछि इंग्ल्यान्ड आठौँ, बंगलादेश नवौँ र वेस्ट इन्डिज दसौँ स्थानमा छन् ।

बिज्ञापन

अफगानिस्तानको यो उपलब्धिपछाडि पछिल्ला महिनाको उत्कृष्ट प्रदर्शन मुख्य कारण बनेको छ । टोलीले गत अगस्टमा आयरल्यान्डलाई उसकै घरेलु मैदानमा ४–० ले हराएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्समा जिम्बाब्वे र बंगलादेशसँग भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा अपराजित रहँदै उपाधि जितेको थियो ।

सन् २००९ मा एकदिवसीय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तानले १७ वर्षमै विश्वका शीर्ष ६ टोलीमा स्थान बनाउन सफल भएको हो । टोलीले अहिलेसम्म खेलेका १९१ एकदिवसीय खेलमध्ये ९६ मा जित हासिल गरेको छ । यसअघि नै अफगानिस्तानले बंगलादेश, इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई वरीयतामा पछि पारिसकेको थियो ।

बिज्ञापन

आईसीसीको टोली वरीयता पछिल्ला खेलको नतिजा र टोलीले प्राप्त गरेको रेटिङका आधारमा निर्धारण हुन्छ । बलिया टोलीविरुद्धको जितले वरीयता सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अफगानिस्तानको सफलतामा स्पिन बलिङसँगै ब्याटिङको योगदान पनि महत्त्वपूर्ण छ । इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज र सदिकुल्लाह अटलजस्ता खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्।

नेपाल भने पछिल्लो वरीयतामा ३० रेटिङसहित १७औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

भारतको तेलंगानातर्फ जादै चक्रवात ‘मुरासु’, हावाहुरी र भारी वर्षा

आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाइदै

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

नेपालमा युवा जनसंख्याको लाभ लिने समय घर्किंदै, २०५९ पछि वृद्धको संख्या बढ्ने

अफगानिस्तानको एकदिवसीय क्रिकेटमा ठूलो उपलब्धि, आइसीसी वरियतामा छैठौं स्थानमा उक्लियो

सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

छठअघि सिर्सिया नदी सफाइ गरिदै, प्रदूषण गर्ने उद्योगलाई नियन्त्रण गर्न निर्देशन