काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घका नवनियुक्त राजदूत चार्ल्स ह्वाइट्लीले शिष्टाचार भेट गरेका छन् ।
बिज्ञापन
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइट्लीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
बिज्ञापन
भेटका क्रममा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।















