काठमाडौँ : वेस्टह्याम युनाइटेडले मुख्य प्रशिक्षक नुनो एस्पिरितो सान्तोलाई तत्काल लागू हुने गरी पदबाट हटाएको छ ।
बिज्ञापन
इङ्लिस च्याम्पियनसिपको सिजन सुरुआतको विस्तृत समीक्षा गरेपछि क्लबको सञ्चालक समितिले प्रशिक्षक परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ ।
बिज्ञापन
नुनोसँगै सहायक प्रशिक्षक रुई पेड्रो सिल्भा र गोलरक्षक प्रशिक्षक रुई बार्बोसाले पनि क्लब छाडेका छन् । क्लबले उनीहरूले आफ्नो कार्यकालमा गरेको मेहनत र प्रतिबद्धताप्रति धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना दिएको छ ।
क्लबले नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । नयाँ प्रशिक्षक नियुक्त नहुँदासम्म मार्क नोबल, स्टिभ पोट्स र जेरार्ड प्रेन्डरभिलले टोलीको तयारीको जिम्मेवारी सम्हाल्नेछन् ।
बिज्ञापन















