भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउदै

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउदैछन् । परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बिज्ञापन

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

दुई देशबीच लामो समयदेखि रहँदै आएको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुनेछ । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

‘पाँच पाण्डव’ चलचित्रको प्रस्तुतीकरणप्रति विश्व हिन्दू परिषद् नेपालको आपत्ति, छानबिन र सुधारको माग

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान

रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते

राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउदै