काठमाडौँ : नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर दुई लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजारमा कारोबार भएको थियो ।
बिज्ञापन
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३६७५ रुपैयाँमा कारोबार भएको थियो ।















