काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

मिस्रीले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यभोजसहित हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

वार्ताका क्रममा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको समीक्षा तथा सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि मिस्री नयाँदिल्ली फर्कने तालिका छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

ओहायोको गभर्नरमा रामास्वामी पराजित

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

गगन थापाले ओलीलाई किन भेटे ?

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

भन्सार छुटको सिफारिस आब अनलाइनबाटै

काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा नयाँ आतिथ्य अनुभव

मधेशको नेतृत्व नयाँ पुस्ताको हातमा जानुपर्नेमा जोड