नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

अनुसन्धानका क्रममा भट्टराईले उक्त शैक्षिक प्रमाणपत्र २०५५ वैशाख ८ गते विभागमा पेस गरेको पाइएको छ। सोही प्रमाणपत्रका आधारमा उनले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृतमा बढुवा भएको आयोगले जनाएको छ ।

प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त प्रमाणीकरण विवरणमा भट्टराईको नाम र कुल प्राप्ताङ्क अभिलेखसँग नमिलेको उल्लेख छ। नक्कली प्रमाणपत्रका आधारमा शैक्षिक योग्यताको अंक प्राप्त गरी विभिन्न पदमा बढुवा भएको र त्यसबाट पद, ओहोदा तथा सेवा सुविधासमेत लिएको आयोगको दाबी छ ।

बिज्ञापन

आयोगले भट्टराईको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै कानुनअनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काँग्रेसको पदाधिकारी बैठक बस्दै

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद