दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

काठमाडौँ : सर्वोच्च अदालतले हिरासतमा रहेका दीपक भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ ।

बिज्ञापन

बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

बिज्ञापन

इजलासले सर्वोच्च अदालतमा विचाराधीन ०८३-आरई-००२१ र ०८३-आरई-००२२ नम्बरका बेरीतको आदेश बदरसम्बन्धी निवेदनलाई समेत सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

त्यस्तै, नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको ०८२-सीआर-०१५४ नम्बरको सम्पत्ति शुद्धीकरण मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत, काठमाडौंबाट झिकाउन भनिएको छ। पेशीका दिन देखाई फिर्ता लैजाने गरी मिसिल उपलब्ध गराउन आदेशमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काँग्रेसको पदाधिकारी बैठक बस्दै

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद