सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं : सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएको घटनाको अनुसन्धान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

बिज्ञापन

मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।

बिज्ञापन

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियरहरू सम्मिलित समिति गठन गरेको हो।

समितिलाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने, घटनासँग सम्बन्धित प्राविधिक तथा अन्य पक्षको अध्ययन गर्ने र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

बिज्ञापन

समितिको अनुसन्धानपछि दुर्घटनाका कारण र सुरक्षासम्बन्धी कमजोरीबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काँग्रेसको पदाधिकारी बैठक बस्दै

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद