ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।

बिज्ञापन

भेटमा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका विपद्का क्रममा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका थिए ।

बिज्ञापन

भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।

भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी तथा भारतका तर्फबाट राजदूत सुधाकर दलेला र विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर सहभागी थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ- रवि लामिछाने

भारतीय विदेश सचिवको नेपाल भ्रमण सम्पन्न, संयुक्त विज्ञप्तिमा के भनियो ?

विराटनगर किंग्समाथि काठमाडौँको ९ विकेटको शानदार जित

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार