काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

काठमाडौं : नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरंकुश शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने प्रवृत्ति बन्द गर्न आग्रह गरेको छ ।

बिज्ञापन

बुधबार पत्रकार सम्मेलन गर्दै काँग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो घटनाक्रममा काँग्रेसको धारणा सार्बजनिक गर्दै विधिको शासन, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

बिज्ञापन

कांग्रेसले २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको दाबी गरेको छ । त्यसपछि २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेको उल्लेख गर्दै पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न, अडियो बयान र प्रचारलाई निराधार तथा नियोजित भनेको छ । पार्टीले आफूमाथि उठेका सबै प्रश्न र छानबिनको सामना गर्न तयार रहेको जनाएको छ ।

कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिँदै राज्यका निकाय दुरुपयोग भएको आरोप लगाएको छ । प्रधानमन्त्री कार्यालयको संलग्नतामा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि हस्तक्षेप भएको विषय सार्वजनिक भएको उसको दाबी छ । प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि कांग्रेसले यसै प्रकरणसँग जोड्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ ।

बिज्ञापन

पार्टीले पछिल्लो समय पत्रकारमाथि धरपकड, अपारदर्शी निर्णय र संवैधानिक निकायमाथि नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाएको छ । यस्ता गतिविधिविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अघि बढ्ने जनाउँदै उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अघि बढाउने र संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा पहल गर्ने जनाएको छ ।

कांग्रेसले सरकारको प्राथमिकता विपद्पीडितको राहत तथा पुनर्स्थापना, अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटको सम्बोधन हुनुपर्ने बताएको छ । प्रश्न उठाउने नागरिकको आवाज दबाउने र प्रतिपक्षलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गर्दै पार्टीले जनसरोकारका विषयमा रचनात्मक सहयोग गर्न आफू तयार रहेको जनाएको छ । साथै, पार्टी पङ्क्तिलाई विधिको शासन, नागरिक स्वतन्त्रता र जनताका मुद्दामा दृढ रहन अपिल गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार

सिंहदरबारमा रमिता चलिरहेको छ- विश्वप्रकाश शर्मा

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला !

न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ