च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिड र आर्सनलले जित निकालेका छन् । रियल म्याड्रिडले एइके एथेन्सलाई ३–२ गोलले पराजित गर्दा आर्सनलले स्लाभिया प्रागलाई २–१ गोलले हराएको छ ।

बिज्ञापन

रियल म्याड्रिडले एइकेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो । रियलका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र फेडेरिको भाल्भेर्देले गोल गरेका थिए । एइकेका अबुबाकारी कोइटा र स्टाभ्रोस पिलियोसले गोल गरेका थिए । खेलको अन्तिम समयमा भाल्भेर्देले निर्णायक गोल गर्दै रियललाई जित दिलाएका थिए ।

बिज्ञापन

त्यस्तै, आर्सनलले स्लाभिया प्रागलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ । आर्सनलका लागि नोनी माडुके र भिक्टर योकेरेसले गोल गरेका थिए । स्लाभियाले खेलको अन्तिम समयमा एक गोल फर्काए पनि हार टार्न सकेन । जितसँगै आर्सनलले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

बुधबार रातिको अर्को चर्चित खेलमा फेनरबाचले लिभरपुललाई ३–२ गोलले पराजित गरेको छ । यस्तै, म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ गोलले हराएको छ ।

बिज्ञापन

अन्य खेलमा पोर्चुगलको पोर्टोले नापोलीलाई ४–१ गोलले पराजित गरेको छ । बोरुसिया डर्टमन्डले रियल बेटिसलाई २–१ गोलले हराउँदा क्लब ब्रुगले पिएसभी आइन्डहोभनलाई २–१ गोलले पराजित गरेको छ ।

त्यसैगरी, कोमोले लेन्समाथि ९–१ गोलको फराकिलो जित निकालेको छ भने भाइकिङले साबाहलाई ४–१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण

बैतडीमा जिप दुर्घटना: एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम