कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ ।

बैठक आज अपराहन्न १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ।

बिज्ञापन

बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी विधेयकमाथि सम्बन्धित सरोकारवालाको धारणा लिने रहेको छ । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजक सहभागी हुनेछन्।

बिज्ञापन

त्यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिलाई पनि छलफलमा आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण

बैतडीमा जिप दुर्घटना: एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम