नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

काठमाडौँ : युएईसँग आइसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ४२ रनले पराजित भए पनि ओमान सन् २०२७ को पुरुष क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगितामा पुगेको छ । राम्रो नेट रनरेटका आधारमा ओमानले नामिबियालाई पछि पार्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

बिज्ञापन

विश्वकप लिग–२ का पछिल्ला सात खेल लगातार गुमाएको ओमान र नामिबियाले समान ३३ अंक जोड्दै प्रतियोगिता टुंग्याएका थिए । तर नेट रनरेट राम्रो भएका कारण ओमानले सिधै विश्वकप छनोटको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको छ । यससँगै दक्षिण अफ्रिका र जिम्बाब्वेसँगै विश्वकपको सहआयोजक रहेको नामिबियाले छनोट प्लेअफ खेल्नुपर्ने भएको छ ।

बिज्ञापन

ओमानसँगै अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै पुगेका छन् । नामिबियासहित क्यानडा, नेपाल र युएईले आठ टोली सहभागी हुने छनोट प्लेअफ खेल्नुपर्नेछ । नेपालमा आयोजना हुने उक्त प्लेअफबाट चार टोलीले १० टोली सहभागी हुने विश्वव्यापी छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

तोलाको १३ हजार ३ सयले बढ्यो सुनको मूल्य

नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची