व्यापक पुनर्संरचना गर्दै क्यानभा, १२ सयभन्दा बढी कर्मचारी प्रभावित हुने

काठमाडौँ : अस्ट्रेलियाको चर्चित नवप्रवर्तनशील कम्पनी क्यानभाले आफ्नो व्यवसायमा व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ । यसबाट कम्पनीका २२ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् । कम्पनीका अनुसार १ हजार २७१ जनाले जागिर गुमाउने, कार्यस्थल परिवर्तन गर्नुपर्ने वा नयाँ जिम्मेवारी लिनुपर्नेछ ।

बिज्ञापन

कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मेलानी पर्किन्सले १३ वर्षे इतिहासकै सबैभन्दा कठिन निर्णय भएको बताएकी छन् । कर्मचारीलाई पठाएको सन्देशमा उनले पछिल्लो वर्ष कम्पनीका लागि निकै कठिन भएको र एक दशकमा पहिलोपटक व्यवसायको वृद्धि सुस्ताएको उल्लेख गरेकी छन् ।

बिज्ञापन

पुनर्संरचनाअन्तर्गत केही कर्मचारीको जिम्मेवारी परिवर्तन हुनेछ भने केहीलाई केन्द्रीय कार्यालयमा स्थानान्तरण हुन भनिनेछ । यस क्रममा केही कर्मचारीलाई भने बिदाइ गर्नुपर्ने अवस्था आएको पर्किन्सले बताएकी छन्। कम्पनीले ३७ देशमा कर्मचारी राख्दै आएको छ ।

कम्पनीले अस्ट्रेलियाको सिड्नीलाई आफ्ना थप उत्पादन टोलीको मुख्य केन्द्र बनाउने निर्णय गरेको छ । आगामी वर्षदेखि मिश्रित कार्यप्रणालीमा काम गर्ने कर्मचारीले हप्तामा दुईदेखि तीन दिन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

बिज्ञापन

कृत्रिम बुद्धिमत्ताको प्रभाव र नयाँ प्रविधि आफ्ना सेवामा समावेश गर्दा बढेको खर्चका कारण क्यानभाको व्यावसायिक मूल्यमा पनि गिरावट आएको बताइएको छ । गत वर्षको अन्त्यमा ६० अर्ब अस्ट्रेलियाली डलर मूल्याङ्कन गरिएको कम्पनीको मूल्य यस वर्ष घटाएर करिब ४९ अर्ब अस्ट्रेलियाली डलरमा झारिएको विभिन्न लगानीकर्तासम्बन्धी विवरणमा उल्लेख छ । कम्पनीले नयाँ उत्पादन विकास तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि विस्तारमा हुने खर्च बढेपछि आफ्नो आन्तरिक मूल्याङ्कनसमेत घटाएको बताइएको छ ।

पर्किन्सले नयाँ प्रविधिले मानिसले सामग्री सिर्जना गर्ने तरिका र प्रयोगकर्ताले डिजिटल सेवाबाट राख्ने अपेक्षामा ठूलो परिवर्तन ल्याइरहेको बताएकी छन् । उनले १९ वर्षको उमेरमा विश्वविद्यालय छाडेर सन् २०१३ मा क्यानभा स्थापना गरेकी थिइन् । क्यानभाले प्राविधिक सीप वा डिजाइनसम्बन्धी पृष्ठभूमि नभएका प्रयोगकर्तालाई पनि विभिन्न नमुना र उपकरणमार्फत निमन्त्रणा पत्रदेखि व्यावसायिक प्रस्तुतीकरणसम्म तयार गर्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १४७ जना घाइते

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको लक्ष्य

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा