राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोली सुनको असर्फी र चाँदीको मेडालियन बिक्री शुरु गरेको छ ।

बिज्ञापन

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज र भोली सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ । चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ । एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । २.५ ग्रामको एक थान सुनको असर्फीको मुल्य ६५ हजार ४ सय तोकिएको छ भने १० ग्राम चाँदीको मेडालियनको मुल्य ३८०० तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त असर्फी तथा मेडालियन आज र भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेलधुराबाट एक जना पक्राउ

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १३५ जना घाइते