अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै अजरबैजान र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५६ वर्षीय पुण्यप्रसाद निरौला र तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।

बिज्ञापन

प्रहरीका अनुसार निरौलाले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३२ लाख रुपैयाँ र श्रेष्ठले क्यानडा पठाइदिने भन्दै अर्का एक पीडितबाट ३ लाख ४५ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ