अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ ।

बिज्ञापन

बिहीबार भएको भेटमा गत अगस्टमा आएको बाढीपछिको पुनर्निर्माणको विषयमा छलफल भएको छ

बिज्ञापन

अमेरिकाले नेपाललाई भोटेकोशी बाढी पछि ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाले बाढी प्रतिकार्य तथा पुनःस्थापनामा नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने दाताका रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ ।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले अमेरिकी कम्पनी र प्रविधिको महत्वपूर्ण भूमिका हुन सक्ने बताइन् । उनले मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपालको विद्युत् तथा यातायात प्रणाली सुदृढ बनाउन भइरहेको सहयोगले पुनःस्थापनामा योगदान पुर्‍याइरहेको उल्लेख गरिन् । उनले विपद्पछिको पुनर्निर्माणसँगै नेपालको डिजिटल रूपान्तरणमा अमेरिकी प्रविधिको उपयोग र व्यवसायमैत्री सुधारमार्फत अमेरिकी कम्पनीका लागि अवसर सिर्जना गर्न सकिने विषयमा पनि जोड दिएकी छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ