जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ

बिज्ञापन

।

बिज्ञापन

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले २-२ तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

बिज्ञापन

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २-२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए ।

यो जितपछि लुम्विनी लायन्स अपराजित रहदै ४ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर बोल्ट्सको भने यो तेस्रो हार हो । ५ खेलमा २ खेल जितेको जनकपुरको ४ अंक रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ