म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध गलत प्रचार सधै हुने गरेको बताएका छन् ।

बिज्ञापन

एक भिडियो सार्बजनिक गर्दै थापाले आफु कमजोर नैतिक धरातलमा नउभिएको बताउदै आफू कुनै पनि गलत र अनैतिक काममा संलग्न नरहेको स्पष्ट गरेका छन् ।

बिज्ञापन

थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै आर्थिक लेनदेन नभएको बताए । उनले भनेका छन्- ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’

उनले यसबारे अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै स्पष्ट पारिसकेको र कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको दोहोर्‍याए ।

बिज्ञापन

थापाले भनेका छन्- ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ ।’

अडियो सार्वजनिक भएपछि डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेको भन्ने चर्चाको उनले खण्डन गरे । उनले आफु मधेशमा सरकारले विश्वासको मत लिने समय भएकाले यसअघि प्रचण्ड र उपेन्द्र यादवलाई भेटेको र अहिले ओलीलाई भेटेको बताए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ