विराटनगर किंग्समाथि काठमाडौँको ९ विकेटको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।विराटनगर किंग्सले दिएको ८४ रनको लक्ष्य पछाएको काठमाडौँले ९.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

काठमाडौँको जितमा डेभिड वार्नरले अविजित २४ बलमा ४४ रन बनाए भने विलियम बोसिस्टोले अविजित २३ रन बनाएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले १८.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो । विराटनगरका लागि रुपेश सिंहले सर्बाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाएका थिए । त्यस्तै, काठमाडौँ गोर्खाजका बलर सन्तोष यादवले ३ विकेट लिए भने करण केसी र सहान आराचचिगेले २-२ तथा जहानदाद खान र देव शाहले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

यो काठमाडौँको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंकसँगै काठमाडौँ दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै विराटनगरलाई भने यो हारपछि धक्का लागेको छ । विराटनगरको ५ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा झरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

विराटनगर किंग्समाथि काठमाडौँको ९ विकेटको शानदार जित

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ