ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स

काठमाडौँ : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका छन् । उनको टिप्पणीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयासका रूपमा हेरिएको छ ।

बिज्ञापन

भान्सले सामाजिक सञ्जाल एक्समा करिब ६०० शब्दको धारणा सार्वजनिक गर्दै ट्रम्पलाई मतदान गरेका मतदातासमेत रिपब्लिकनबाट टाढिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले हार्नुको कारण युद्ध हो । राष्ट्रपतिले पनि हिजो राति यही कुरा स्वीकार गरेका छन् ।’

बिज्ञापन

ट्रम्पले पनि निर्वाचनमा इरान युद्धले प्रभाव पारेको स्वीकार गरेका छन् । तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्ध आवश्यक रहेको जिकिर गर्दै त्यस्तै अवस्था आए फेरि पनि युद्धको निर्णय लिने बताएका छन् । भान्सले भने युद्ध अन्त्य, महँगी नियन्त्रण, ‘अमेरिका पहिलो’ नीतिमा जोड र इजरायलसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने चारबुँदे रणनीति अघि सारेका छन् ।

भान्सको टिप्पणीलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने सम्भावनासँग जोडेर हेरिएको छ । यद्यपि उनले उम्मेदवारीबारे औपचारिक निर्णय गरिसकेका छैनन् । ट्रम्पले पनि आफ्नो उत्तराधिकारीका रूपमा कसलाई समर्थन गर्ने भन्ने स्पष्ट पारेका छैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालय पठाइँदै

‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा

सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

नेपालमा हुने विश्वकप छनोटको प्लेअफमा सहभागी हुने आठ देशको टुंगो, यस्तो छ खेल तालिका

धन्वन्तरी जयन्ती आज मनाइदै

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

एनपीएलमा आज काठमाडौँ र लुम्बिनी आमने सामने

कस्तो छ आजको मौसम पूर्वानुमान ?