आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार कात्तिक २० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

बिज्ञापन

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा कायम भएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

बिज्ञापन

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा कायम भएको छ ।

त्यसैगरी, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा तोकिएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५३ पैसा रहेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम भएको छ ।

मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ३ पैसा रहेको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५ रुपैयाँ ५२ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ । ओमानी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्नेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज टर्की जाँदै

सामुदायिक विद्यालयका जग्गाको विवरण दुई महिनाभित्र अद्यावधिक गर्न निर्देशन

कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी

नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु