बलिवुड चलचित्र ‘रामायण’ को बक्स अफिसमा शानदार सुरुआत

काठमाडौं : बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा शानदार सुरुआत गरेको छ ।

बिज्ञापन

चलचित्रले पहिलो दिन भारतमा ६४ करोड ८५ लाख भारु खुद कमाइ गरेको छ । भाषागत रूपमा हेर्दा चलचित्रले हिन्दी संस्करणबाट सबैभन्दा धेरै कमाइ गरेको छ । हिन्दी संस्करणका ४७ करोड ५० लाख भारु आम्दानी गरेको साकनिल्कको रिपोर्टमा उल्लेख छ ।

बिज्ञापन

त्यस्तै, कन्नड संस्करणका ७ करोड २५ लाख, तेलुगुबाट ६ करोड, तमिलबाट २ करोड ६० लाख र मलयालमबाट १ करोड ५० लाख भारु कमाइ भएको छ ।

चलचित्रमा भगवान् रामको भूमिका निर्वाह गरेका रणवीर कपुरका लागि ‘रामायण’ पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । यसअघि उनको चलचित्र ‘एनिमल’ले प्रदर्शनको पहिलो दिन ६३ करोड ८० लाख भारु कमाएको थियो । ‘रामायण’ले उक्त कमाइलाई उछिन्दै रणवीरको करिअरमा नयाँ कीर्तिमान बनाएको छ ।

बिज्ञापन

त्यस्तै, चलचित्रमा रावणको भूमिका निर्वाह गरेका दक्षिण भारतीय अभिनेता यशका लागि पनि ‘केजीएफः च्याप्टर २’ पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र थियो । उक्त चलचित्रले प्रदर्शनको पहिलो दिन ५३ करोड ९५ लाख भारु कमाएको थियो ।

‘रामायण’ प्रदर्शनमा रहेकै समयमा बक्स अफिसमा रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ पनि प्रदर्शन भइरहेको छ । उक्त चलचित्रले विश्वव्यापी रूपमा ८०० करोड भारुको कमाइ पार गरिसकेको विवरणमा उल्लेख छ ।

त्यस्तै, आयुष्मान खुराना र सारा अली खान अभिनीत चलचित्र ‘उड्ता तीर’ पनि बक्स अफिसमा प्रदर्शनरत छ । यी चलचित्रसँग ‘रामायण’को प्रतिस्पर्धा हुने देखिएको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएसन्सको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा रणवीर कपुर, यश र साई पल्लवीका अतिरिक्त सनी देओल, रवि दुबे, अनुपम खेर, काजल अग्रवाल, रकुल प्रीत सिंह र विवेक ओबेरोयलगायत कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

विश्वकल्याण कामनासहित आगामी कार्तिक २९ देखि मंसिर १ गतेसम्म महारुद्राभिषेक यज्ञ आयोजना हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार