त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको दृश्य लाइभ हेर्न पाइने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान व्यवस्थापन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन ब्यागेज ड्रप क्षेत्रको प्रत्यक्ष दृश्य आगमन कक्षमा उपलब्ध गराइएको छ ।
नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन् ।

बिज्ञापन

यस व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । जसका कारण सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने गरेका थिए ।

नयाँ व्यवस्थाले ब्यागेज व्यवस्थापनमा पारदर्शिता बढाउनुका साथै यात्रुको प्रतीक्षा समयलाई सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप समिट नेपाल २०२६ को महाअभियान

कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्दै

यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको दृश्य लाइभ हेर्न पाइने

बलिवुड चलचित्र ‘रामायण’ को बक्स अफिसमा शानदार सुरुआत

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण