तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आईपीओ निष्कासन अनुमति पाएका तीन कम्पनीमध्ये दुईवटा जलविद्युत् क्षेत्रका छन् भने एउटा उत्पादनमूलक क्षेत्रको कम्पनी हो ।

बिज्ञापन

बोर्डको नियमन विभागले सार्वजनिक गरेको विवरणअनुसार हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फार्मास्युटिकल्स ल्याब र आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दिइएको हो ।

बिज्ञापन

यी तीन कम्पनीले कुल ८८ करोड १५ लाख रुपैयाँ बराबरका ८८ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएका छन् । तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछन् ।

बोर्डबाट सबैभन्दा अनुमति पाएको हिम पर्वत हाइड्रोपावरले स्थानीय तथा सर्वसाधारणका लागि ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसबाट कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ पुँजी जुटाउनेछ । कम्पनीलाई गत असोज २० गते अनुमति दिइएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक क्यापिटल रहेको छ ।

बिज्ञापन

त्यस्तै, कान्तिपुर फार्मास्युटिकल्स ल्याबले सर्वसाधारणका लागि १७ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १७ करोड रुपैयाँ जुटाउनेछ । कम्पनीले गत कात्तिक १९ गते अनुमति पाएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसैगरी, आशुतोष इनर्जीले स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १२ करोड रुपैयाँ जुटाउनेछ । बोर्डले कम्पनीलाई कात्तिक २० गते अनुमति दिएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेलधुराबाट एक जना पक्राउ

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १३५ जना घाइते