काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।
बिज्ञापन
सुदूरपश्चिमका लागि सैफ जैबले ३५ रन बनाए भने विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रत्नायकेले अविजित २२ रन बनाएका थिए ।
बिज्ञापन
त्यसैगरी कर्णालीका बलर मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसैन तलत, पवन सराफ र सुर्य तामाङले एक एक विकेट लिएका थिए ।















