काठमाडौं : नेपाल यू-१९ एशिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको छ । शुक्रबार ओमानमा सम्पन्न पहिलो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।
बिज्ञापन
नेपालले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
बिज्ञापन
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो । अब नेपालले अर्को खेल नोभेम्बर ८ आइतबार युएईसँग खेल्ने छ भने नोभेम्बर १० मंगलबार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।















