लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन काँग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ । काँग्रेसका सांसदहरुले सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा छुट्टाछुट्टै निवेदन दिँदै तत्काल बैठक बोलाएर छलफल, अनुसन्धान र आवश्यक निर्देशन दिन आग्रह गरेका हुन् ।

बिज्ञापन

उनीहरुले सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको घटना तथा बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएको प्रकरणमा छानबिन गर्न संसदीय समितिसमक्ष माग गरेका छन् ।

बिज्ञापन

सांसद जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिमा दिएको निवेदनमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स तथा विद्युत्‌गृह निर्माणको ठेक्का अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा छलफलको माग गरेका छन् ।

त्यस्तै, सांसद अर्जुननरसिंह केसी, निष्कल राई, भीष्मराज आङ्देम्बे र रेखा कुमारी यादवले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।

बिज्ञापन

उनीहरूले बिचौलिया भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको मोबाइल फोन कसरी अनधिकृत व्यक्तिको पहुँचमा पुग्यो र उनीसँग सम्बन्धित भनिएका श्रव्य सामग्रीको आधिकारिकता के हो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै