एनपीएल : पोखराको लगातार चौथो हार हार, चितवन ३० रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । चितवनले दिएको १५२ रनको लक्ष्य पछाएको पोखराले १९ ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

बिज्ञापन

पोखराका लागि अर्जुन कुमालले सर्बाधिक ४५ रन बनाए भने युबराज शम्राले १९ र किरण ठगुन्नाले १३ रन बनाएका थिए । त्यस्तै चितवनका बलर रिजन ढकालले सर्बाधिक ४ विकेट लिए भने कमल सिंह ऐरीले ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल, मौसम ढकाल र डान मौस्लीले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै रवि बोपाराले ३५ रन बनाए भने अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए । त्यसैगरी पोखराका बलर चामिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

यो चितवनको दोस्रो जित हो । यो खेलपछि चितवनको ४ खेलमा ५ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पोखराले भने लगातार चौथो हार बेहोरेको छ भने प्लेअफको दौड अब कठिन बन्ने देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै