जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

काठमाडौँ : जेनजी आन्दोलनको बलिदान, देशले भोगिरहेको पीडा र युवापुस्ताको देशप्रेमलाई समेटेर तयार पारिएको गीत ‘रगतको कण–कणमा’ सार्वजनिक भएको छ।

बिज्ञापन

विजय भट्टको सहभागिता रहेको उक्त गीतले देशप्रेम, राष्ट्रभक्ति र परिवर्तनको आवाजलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। बीजे एन्ड द रिबेल्सको प्रस्तुति रहेको गीतमा जेनजी पुस्ताको त्याग, बलिदान र देशप्रतिको जिम्मेवारीलाई मुख्य विषय बनाइएको छ। देशको वर्तमान अवस्था, युवाहरूको भावना र राष्ट्रप्रतिको समर्पणलाई भिडियोमार्फत उजागर गरिएको छ।

बिज्ञापन

देशभक्तिपूर्ण स्लो रक शैलीमा तयार गरिएको गीतमा बीजे एन्ड द रिबेल्सकै स्वर, शब्द तथा संगीत रहेको छ। गीतले देशलाई माया गर्ने युवाहरूको भावना र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। गीतको भिडियोमा जेनजी आन्दोलनको बलिदान, देशको पीडा र युवापुस्ताले देखेको परिवर्तनको सपनालाई प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ। विशेषगरी टिकटक र फेसबुक रिल्समा भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ भने युट्युबमा पनि गीतलाई दर्शकले रुचाएका छन्।

गीतको भिडियोमा सुरेन बस्नेतले कोरियोग्राफी गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन्। विकास दाहालले भिडियोको सम्पादन तथा कलर गरेका छन्। सुमन बस्नेतको निर्देशनमा भिडियो तयार भएको हो।

बिज्ञापन

‘जेनजी गीत २०२६’ का रूपमा सार्वजनिक गरिएको ‘रगतको कण–कणमा’ ले युवापुस्ताको देशप्रतिको माया, बलिदानको सम्मान र राष्ट्र निर्माणप्रतिको आकांक्षालाई सांगीतिक अभिव्यक्ति दिएको छ। देशभक्तिलाई रक संगीतको फरक प्रस्तुतिमार्फत दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको यस गीतले नयाँ पुस्ताको भावना र राष्ट्रप्रतिको समर्पणलाई जोड्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

विश्वकल्याण कामनासहित आगामी कार्तिक २९ देखि मंसिर १ गतेसम्म महारुद्राभिषेक यज्ञ आयोजना हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार