धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

काठमाडौं : राष्ट्रिय ख्रीष्टियन महासंघले पछिल्लो समयमा नेपाली समाजमा धार्मिक तथा जातिय द्वन्द भड्काउने गतिविधि तथा अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी महासंघले अनेकतामा एकता नै समृद्ध नेपाल निर्माणको आधार भएकोले आम नेपाली नेपाली समाजलाई सम्यम हुनसमेत अपिल गरेको छ ।

बिज्ञापन

महासंघका अध्यक्ष उद्धव चिमोरियाले नयाँ परिवर्तनसँगै देश धर्मनिरेपक्ष भएको र संविधानमै सबै धार्मिक सम्प्रदायलाई समान अधिकार प्रधान गरेकाले त्यसलाई ध्यान दिन अपिल गरेका छन् ।
अर्को प्रसंगमा चिमोरियाले महासंघलाई केही व्यक्तिहरुले अनिर्णयको बन्दी बनाउन खोजेको र अदालतले त्यसमा रोक लगाएको पनि जानकारी दिए ।

बिज्ञापन

“कार्तिक १३ गते उच्च अदालत पाटनमा केही अनाधिकृत व्यक्तिहरुले माहासंघको आधिकारिक टिमविरुद्ध गरिएको निषेधाज्ञाको रिटलाई सम्मानित अदालतले खारेज गरेको छ, त्यसप्रति हार्दिक आभार व्यक्त गर्दछु” अध्यक्ष चिमोरियाले भने ।

महासंघका उपमहासचिव चेतकुमार श्रेष्ठले कार्तिक १३ गते उच्च अदालत पाटनका न्यायाधीश नेत्र प्रकाश आचार्यको एकल इजलाशले लागाएको निशेधाज्ञालाई आज शुक्रबार न्यायाधिश गणेश प्रसाद रावल र बासुदेव न्यौपानेको संयुक्त इजलाशले खारेज गर्दै संस्थाको कामलाई निरन्तरता दिने बाटो खुल्ला गरे श्रेष्ठले जनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

विश्वकल्याण कामनासहित आगामी कार्तिक २९ देखि मंसिर १ गतेसम्म महारुद्राभिषेक यज्ञ आयोजना हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार