घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई

काठमाडौँ : रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको दोस्रो दिन कमाइमा गिरावट बेहोरेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६४ करोड ८५ लाख भारु कमाएकोमा दोस्रो दिन ४८ करोड ५ लाख भारु कमाएको छ ।

दोस्रो दिनको कमाइसँगै भारतमा फिल्मको कुल खुद आम्दानी ११२ करोड ९० लाख भारु पुगेको छ । त्यस्तै, फिल्मले भारत बाहिर दुई दिनमा ८६ करोड २५ लाख कमाउदै विश्वभर २२१ करोड ५ लाख भारु कमाएको छ ।

बिज्ञापन

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ ।

बिज्ञापन

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

विश्वकल्याण कामनासहित आगामी कार्तिक २९ देखि मंसिर १ गतेसम्म महारुद्राभिषेक यज्ञ आयोजना हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै