दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् । मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र एक अधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।

बिज्ञापन

नोभेम्बर ७ देखि १३ सम्म हुने महासम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको उच्च व्यवस्थापन टोली, परिषद् तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा मतदान गर्ने कार्यक्रम छ ।

बिज्ञापन

भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा दूरसञ्चार पूर्वाधार, सेवाको गुणस्तर, डिजिटल पहुँच विस्तार र आधुनिक सञ्चार प्रविधिमा सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता बढाउनु र डिजिटल रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक

धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल

जेनजीको बलिदान र देशको पीडा समेट्दै आयो ‘रगतको कण–कणमा सार्वजनिक

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

विश्वकल्याण कामनासहित आगामी कार्तिक २९ देखि मंसिर १ गतेसम्म महारुद्राभिषेक यज्ञ आयोजना हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै