प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको बताउँदै नयाँ राष्ट्रिय एकताको परिचय दिने समय आएको बताए । ‘अहिले राष्ट्र नै के हुने भन्ने अवस्था आएको छ, अब नयाँ राष्ट्रिय एकताको खाँचो छ’ उनले भने । शनिबार संवाद डबलीमा डा.दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

बिज्ञापन

संयोजक प्रचण्डले वर्तमान सरकार हिन्दी जासुसी फिल्म जस्तै भएको बताए । ‘तपाईँहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कुन माथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन । यो अनौठो खालको सरकार भागेका छौं, धेरै हेर्न र भन्न बाँकी छ’ प्रचण्डले भने ।

बिज्ञापन

प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूहरूलाई सरकारबाट अपदस्त गरिएको बताए । ‘यो देशमा भ्रष्टाचारी र विचौलियाहरु बलिया भएका छन्’ उनले भने । प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सामाजिक न्याय कायम गर्न र समृद्धिको बाटो अबलम्बन गर्दा प्रतिगामीहरु जाइलागेको स्मरण समेत गरे ।

कार्यक्रममा संयोजक प्रचण्डले विगत ३५ वर्षमा केही भएन भन्ने विवेकहीन भाष्य बनाइएको टिप्पणी गर्दै त्यसको जवाफ यो पुस्तकले दिने विश्वास व्यक्त गरे । लेखकद्वयले नयाँ ढंगले बहस सुरु गरेको बताउँदै प्रचण्डले भने, ‘यस पुस्तकमार्फत नयाँ ढंगबाट बहस सुरु गर्नु भएको छ, कर्नालीको विकास र भविश्य चिन्ने मार्गचित्र कोर्नु भएको छ ।’ उनले इतिहासको विकासक्रममा कर्र्नालीको भाषा, संस्कृति र इतिहासलाई शासकहरुको उपेक्षा गर्ने सोँचलाई जनयुद्धले उल्ट्याएको पनि बताए । अहिलेको राज्यले त्यो बोध नगरेको उनको कथन छ ।

बिज्ञापन

आफ्नो नेतृत्वको सरकारले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग र सबै प्रदेशमा उत्तर–दक्षिण करिडोर निर्माणमा जोड दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘त्यसरी हामीले नसोकेको भए यो विकास हुने थिएन ।’
एक अर्को प्रसंगमा प्रचण्डले आफ्नो नेतृत्वमै नेपाललाई विद्युत खरिद गर्ने देशबाट विद्युत विक्री गर्ने देशमा विकास गरेको बताए । उनले १० हजार मेगावाट विद्युत उत्पादन र अन्तरदेशीय व्यापार सम्झौता पनि आफूले नै गरेको बताए ।

प्रचण्डले काम गर्नेलाई काम गर्न नदिएको स्मरण गर्दै भीम मल्लले तिब्बतबाट फर्किँदा मारिएको प्रसंग उठाउँदै भने, ‘जनयुद्धले गणतन्त्र, सङ्घीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो ।’

पुस्तकका लेखक डा. दीपेन्द्र रोकायाले नेपाल विस्तार अभियानपछि कर्नालीमा उपेक्षाको श्रृङ्खला बढेको बताए । उनले पुस्तकमा संघीयतापछि भएको विकासको सन्दर्भहरु प्रस्तुत गरेको र संघीयताको उपलब्धी संस्थागत गर्दै कर्नालीको थप विकास गर्ने बहसका मुद्दाहरु उठान गरेको बताए । डा रोकायाका अनुसार यसका लागि हिमाली क्षेत्र विकास प्राधिकरण गठन गर्नुपर्ने र हिमाली पर्या–पर्यटकीय सडक निर्माण गरी स्थलमार्गबाटै कर्नालीका नागरिकले संघीय राजधानीमा एकैदिन पुग्ने पहुँच मार्ग खोल्नु पर्छ ।

पुस्तकका अर्का लेखक मोहन दास मानन्धरले आफूले कर्र्नाली चिसापानीमा जलविद्युत सुरु गर्ने बेलादेखिको अनुभव लिएर कर्नाली किन उपेक्षित भयो भन्ने कुरा लेख्न अभिप्रेरित भएको बताए । मानन्धरले सो क्रममा डा.रोकायासँग सहकार्य गरेको अनुभवका साथ अहिले तिला जलविद्युत आयोजना निर्माणमा लागिरहेको जानकारी पनि दिए ।

आरम्भ प्रकासन काठमाडौंका अध्यक्ष राजबहादुर कुँवरले यसै पुस्तक मार्पmत् कर्नाली विमर्श सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

घरेलु बक्सअफिसमा ‘रामायण’ लाई झट्का, दोस्रो दिनमै घट्यो कमाई

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक