एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो ।

काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.३ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्बाधिक ४४ रन बनाए भने अबिशेष गौतमले १६ रन बनाएका थिए ।

बिज्ञापन

त्यस्तै काठमाडौँका बलर जुहानदाद खानले ४ विकेट लिए भने करण केसीले २ विकेट लिएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौँका लागि डेबिड वार्नरले सर्बाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए । त्यस्तै सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिएका थिए ।

योसँगै काठमाडौँले तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पाँचौं खेलमा पहिलो हार बेहोरेको लुम्बिनी भने ७ अंकसहित शिर्ष स्थानमा कायम छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै