यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

काठमाडौँ : ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।

बिज्ञापन

यसअघि पहिलो खेलमा भारतविरुद्ध १० विकेटको पराजय भोगेको नेपालको यो लगातार दोस्रो हार हो। युएईले भने प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य युएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

बिज्ञापन

युएईको जितमा अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। यस्तै, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे। बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सकेको थियो।नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२ तथा निरजकुमार यादव र दर्श सोनारले समान १६-१६ रन बनाए। नेपाली इनिङ्सलाई ध्वस्त पार्ने क्रममा युएईका बलर नसीम खान एक्लैले ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडनसहित ४३ रन खर्चिएका थिए।

बिज्ञापन

लगातार दुई हारसँगै नेपालको अर्को चरण प्रवेशको सम्भावना कमजोर बनेको छ। नेपालले अब समूह चरणको तेस्रो खेलमा आगामी मङ्गलबार पाकिस्तानको सामना गर्नेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

कस्तो छ एनपीएलको अंकतालिका ?

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल