कस्तो छ एनपीएलको अंकतालिका ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिलेसम्मका १८ खेलपछि लुम्बिनी लायन्स सात अङ्कसहित शीर्ष स्थानमा रहेको छ । पाँच खेल खेलेको लुम्बिनीले तीन जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै सात अङ्क जोडेको छ ।

बिज्ञापन

तालिकामा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान छ–छ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काठमाडौँले चार खेलमा तीन जित र एक हार बेहोरेको छ भने सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको छ । समान अङ्क भए पनि काठमाडौँको नेट रनरेट १.३१३ छ भने सुदूरपश्चिमको –०.२७५ छ ।

बिज्ञापन

चौथो स्थानमा रहेको चितवन राइनोजले चार खेलबाट पाँच अङ्क जोडेको छ । चितवनले दुई जित, एक हार र एक नतिजाविहीन खेल खेलेको छ ।

त्यस्तै, पाँचौँ स्थानको जनकपुर बोल्ट्स, छैटौँ स्थानको कर्णाली याक्स र सातौँ स्थानको विराटनगर किङ्सको समान चार–चार अङ्क छ। जनकपुर र विराटनगरले पाँच–पाँच खेल खेल्दा कर्णालीले चार खेल मात्रै खेलेको छ ।

बिज्ञापन

अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्सले भने चारवटै खेल गुमाएको छ । लगातारको खराब प्रदर्शनपछि प्लेअफको सम्भावना भने अब कमजोर देखिएको छ ।

लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने भएकाले अहिले चौथो स्थानमा रहेको चितवन राइनोजदेखि सातौँ स्थानको विराटनगर किङ्ससम्मका टोलीबीच शीर्ष चारमा पर्ने प्रतिस्पर्धा रोचक बनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

कस्तो छ एनपीएलको अंकतालिका ?

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल