एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले पराजित गरेको छ । एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

बिज्ञापन

खेलको १०औँ मिनेटमा जुलियानो सिमोनेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । उनका लागि जुलियन अल्भारेजले गोलको अवसर सिर्जना गरेका थिए ।

बिज्ञापन

पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाले बराबरी गोल फर्कायो । ४५औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले थप आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ६६औँ मिनेटमा लामिन यामलको उत्कृष्ट पासमा फर्मिनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । बाँकी समयमा एट्लेटिकोले बराबरी गोल फर्काउन सकेन ।

बिज्ञापन

यस जितसँगै बार्सिलोनाले १२ खेलबाट ३३ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा तीन अंकले अगाडि रहेको छ । २८ अंकसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काठमाडौं महानगरमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओली

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित

इरानले भूमिगत क्षेप्यास्त्र केन्द्र र हतियार उत्पादन क्षमता बढाएको दाबी

आईफोनमा क्यामेरा र एक्शन बटन एउटै बनाउने तयारी

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता परिवारका सन्तानलाई सरकारले उच्च शिक्षा पढाउने

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, सामाजिक सुरक्षा र बीमा अनिवार्य