१.नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वहरूमाथि आक्रमण भइरहेको भन्दै यसको संरक्षण गर्न सबै नेपालीहरू गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्।
बिज्ञापन
तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज केवल संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य(मान्यता र विश्वासका आधारमा चल्ने बताएका छन्।मानिस एक सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानपानको विशिष्ट विकास भएको उल्लेख गर्दै उनले जन्मदेखि मृत्युकै संस्कार तथा सुख-दुःखका परिस्थितिमा नेपाली समाज सामूहिक रूपमा सहभागी हुने मौलिक परम्पराले नै बलियो सभ्यता निर्माण गरेको बताए।
बिज्ञापन
२. राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्। तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको बताएका छन्।नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको जनाएका छन्।
३.प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।आन्तरिक माग पूरा गरेर प्राधिकरणले भारततर्फ समेत ५८७ मेगावाटभन्दा बढी विद्युत् निर्यात गरेको छ । प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो । उक्त समयमा कुल प्रणालीको उच्चतम भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७।३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । यस अवधिमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९।२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण थियो ।
बिज्ञापन
४.काठमाडौं महानगरपालिकाले बिक्रीमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत गरेको छ ।महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएका थिए। सूचनाको अवज्ञा गर्दै बिक्री गरिएका सामग्री महानगर प्रहरीले जफत गरेको हो। महानगर प्रहरीका अनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराही लगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो ।
५.रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पहिलो चार दिनमा विश्वभरबाट पाँच सय करोड भन्दा बढी कमाई गरेको छ । फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा २३८.८५ करोड कमाई गरेको छ भने भारत बाहिर २२२ करोड कमाई गरेको साकनिल्कले उल्लेख गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८।५ करोड भारु, तेस्रो दिन ६९।८० करोड र चौथो दिन ५६.१५ करोड कमाएको छ ।फिल्मले चार दिनभर विश्वभरबाट ५०७.२ करोड कमाई गरेको छ ।















