काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाटजस्ता गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिगारेको बताएका छन् ।
बिज्ञापन
तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले झुट, हिंसा र विध्वंसको प्रवृत्तिप्रति आपत्ति जनाएका थिए । यस्ता गतिविधिले नेपाली जातिको विश्वभर बदनाम भएको उनको भनाइ थियो ।
बिज्ञापन
ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति र सुव्यवस्था स्थापित गर्नुपर्नेमा जोड दिए। बुद्धको उपदेशअनुसार शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने भन्दै उनले घृणा फैलाउनुको सट्टा सांस्कृतिक तथा शैक्षिक माध्यमबाट मानिसको सोच र व्यवहारमा सुधार ल्याउनुपर्ने बताए ।
नेपाली जाति परिश्रमी र निर्माणशील रहेको उल्लेख गर्दै उनले मौलिक कला तथा संस्कृतिले मानिसको मनोभाव र आचरणलाई सकारात्मक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
बिज्ञापन















